राजनीति

शान्ति सम्झौताको हस्ताक्षरकर्ताको भूमिकाले प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ

Banner

काठमाडौं, पुस १

नेकपा माओवादीका महासचिव देव गुरुङले वृहत शान्ति सम्झौताको हस्ताक्षरकर्ताको भूमिकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले देशको अभिभावक र संरक्षकर्ता नै प्रचण्ड भएको बताए । ‘यो परिवर्तनको संवाहक र मुलुकको अभिभावक पनि उहाँहरु हो । यतिबेला गिरिजाप्रसाद कोइराला हुनुहुन्न । एउटा सिंगो प्रचण्डमात्रै बाँकी हुनुहुन्छ । संकटपर्दाको अवस्थामा स्टेटमेन्टसिप लिएका पात्रहरु अघि बढ्ने कि नबढ्ने भन्ने प्रश्न छ’ उनले भने ।

उनले भने, ‘नर्मल अवस्थामा सरकारको जसले नेतृत्व गरेपनि हुन्छ । संकट पैदा भइसकेको बेलामा अहिलेको परिवर्तनका संवाहक भनेको दशवर्षे जनयुद्ध हुँदै वृहत शान्ति सम्झौता भएपनि नै परिवर्तनको प्रक्रिया सुरु भएको छ । यसको जग नै वृहत शान्ति सम्झौता हो । त्यसैले देशलाई संकट परेको बेलामा बचाउने भनेका नै शान्ति सम्झौताका हस्तारक्षकर्ता नै हुन् ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>