राजनीति

धरानका मेयर हर्क साम्पाङलाई कानून अनुसार कारबाही गर्न कार्यपालिका सदस्यको माग

Banner

धरान, पुस १-

धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्यले मेयर हर्कराज साम्पाङलाई कानून अनुसारको कारबाही गर्न माग गरेका छन् ।

३ जना कार्यपालिका सदस्यले मेयर साम्पाङको पछिल्लो अभिव्यक्तिले दलित समुदायको मौलिक हक र अधिकार नै कुण्ठित पार्दै दुर्व्यवहार भएको भन्दै कानून अनुसारको कारबाही गर्न माग गरेका हुन् ।

धरान उपमहानगरपालिका कार्यपालिका सदस्यत्रय सावित्री परियार, देवीमाया विक र दिनेश गजमेरले विज्ञप्ति निकालेर साम्पाङको अभिव्यक्तिको विरोध गरेका हुन् ।

उनीहरूले विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले ‘मंसिर २७ गते आफ्नो फेसबुक वालमा ‘जोरी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ भन्ने अभिव्यक्तिले दलित समुदाय माथि नै चोट गएको र यसले दलित समुदायको मौलिक हक र अधिकारलाई कुण्ठित पार्दै दुर्व्यवहार भएको’ उल्लेख गरेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>