राजनीति
जण्डिसबाट पीडित वर्षमान पुनको स्वास्थ्यमा सुधार, एक साताभित्र नेपाल फर्किने तयारी
०

काठमाडौं, पुस १-
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ को स्वास्थ्यमा सुधार आएको छ । चीनमा उपचाररत पुनको स्वास्थ्य सुधार आएको हो । पुनको पारिवारिक स्रोतका अनुसार स्वास्थ्यमा सुधार आएसँग उनी एक साताभित्र नेपाल फर्किने तयारीमा छन् ।
पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् । मंसिर २२ बाट उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार सुरु भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























