अन्तर्राष्ट्रिय

बिहारमा विषाक्त मदिराले लियो ५३ जनाको ज्यान

Banner

काठमाडौं, पुस १–

भारतको बिहार राज्यको सारण जिल्लामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ।

सबैभन्दा धेरै २४ जनाको मृत्यु मसरखमा भएको छ भने बाँकी २९ जनाको सारणको इसुपुर, अमनौर र मरहौरा क्षेत्रमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

थप १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र पाँच जनाको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। विरामी अधिकांशको आँखाको ज्योति पनि गुमेको छ।

सारणका जिल्ला मजिस्ट्रेट राजेश मीनाले हालसम्म १२३ जनासहित चारजना सप्लायरलाई पक्राउ गरिएको बताका छन्।

घटनाको छानबिन गर्न बिहार सरकारले विशेष अनुसन्धान टोली ९एसआईटी० गठन गरेको छ। टोलीको नेतृत्व सोनपुरका एएसपी अञ्जनी कुमारले गर्नेछन्।

सारण जिल्लाको मसरकाह प्रहरी चौकीका एसएचओ र चौकीदारलाई कर्तव्यमा लापरवाही गरेको आरोपमा निलम्बन गरिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>