Breaking News

छानबिन समिति गठन नभए बजेटमा पनि प्रतिरोध हुन्छः कांग्रेस

Banner

काठमाडौँ, जेठ ७-
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन नभए बजेट प्रस्तुतमा पनि प्रतिरोध हुने बताएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा अवरोध गरेको कांग्रेसले बजेट पनि सहज प्रस्तुत हुन नदिने संकेत गरेको हो ।

सोमबार दिउँसो बसेको संसदीय दलको बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विपक्षीले उठाएको माग सम्बोधन भए बजेट प्रस्तुत गर्दा पनि प्रतिरोध हुने बताए । संविधान अनुसार जेठ १५ मा सरकारले ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ । ‘माननीय अर्थमन्त्रीजीले बजेटको पाठ गर्नुपर्छ । वातावरण त सरकारले बनाउनुपर्‍यो नि । सरकार वातावरण नबनाउने । बलमिच्याइ गर्ने । ज्यादती गर्ने, बहुमतको दम्भले काम गर्ने, प्रतिपक्षलाई बोल्न नदिने ढंगले सरकार अगाडि बढ्यो भने त्यसको प्रतिरोध हुन्छ,’ उनले भने ।

आफूहरूले उठाएको (सहकारी ठगीमा संसदीय छानबिन समिति गठन) मुद्दा सम्बोधन हुने गरी सरकार प्रस्तुत भए सदन सहज ढंगले सञ्चालन हुने उनको भनाइ थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>