राजनीति

काठमाण्डौ उपत्यकामा मेट्रो रेल चलाउनुपर्छ: मेयर चिरीबाबु महर्जन

Banner

काठमाण्डौ,मंसिर २९–

ललितपुर महागरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाण्डौ उपत्यकामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आज (बिहीवार) काठमाण्डौ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले उपत्यकामा मेट्रो रेल चलाउनका निम्ति काठमाण्डौ महानगरपालिकासँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो । त्यसैगरी उहाँले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै त्यो लेनलाई काठमाण्डौ महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव पनि गरे।

उनले भने, ‘काठमाण्डौ एउटा उपत्यका हो । यहाँ कुनै पनि पालिकाले स्वतन्त्ररूपले आफ्नै बल, बुताले सबै पालिकामा छुने किसिमको मेगा प्रोजेक्ट गर्न गाह्रो पर्छ । काठमाण्डौ महानगरपालिकालगायत काठमाण्डौ उपत्यकाभित्र ५० लाखको जनसङ्ख्या छ । ३० लाख जनसङ्ख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एक किसिमको मेट्रो अथवा र्‍यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>