राजनीति

कांग्रेसका पुराना नेता कमल चित्रकारको निधन

Banner

काठमाडौं, मंसिर २९-

नेपाल तरूण दलका पूर्वमहासचिव कमल चित्रकारको निधन भएको छ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमहामन्त्री चित्रकारको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन्। देउवा आज पशुपति पुगेर चित्रकारलाई श्रद्धाञ्जलीसमेत दिएका छन्।

‘नेपाल तरुण दलका पूर्वमहासचिव एवं नेपाली कांग्रेसका नेता कमल चित्रकारजीको निधनको खबरले स्तब्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ देउवाले भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>