देश/प्रदेश

धनुषामा मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

Banner

जनकपुर, मंसिर २९-

धनुषामा मिलको फित्तामा बेरिएर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललियाकी ४५ वर्षीया श्रीमती कालो देवी साह रहेकी छन् ।

बिहीबार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन गएकी कालो देवीको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनको शवलाई पोस्टमार्टको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>