देश/प्रदेश

एक्स्पो उद्घाटन गर्न राष्ट्रपति विराटनगर जाँदै

Banner

काठमाडौँ, मंसिर २९–

राष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर जाँदैछिन्। विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उद्घाटन गर्न राष्ट्रपति भण्डारी विराटनगर जान लागेकी हुन्।

एक साता सञ्चालन हुने कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनीको पहिलो दिन अर्थात उद्घाटनका दिन राष्ट्रपति आउने भएकाले सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एकीकृत सुरक्षा योजना बनाएर सोहीअनुसार सुरक्षा व्यवस्था गरिएको छ।

करिब २ लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखिएको प्रदर्शनीमा भारत, बंगलादेश र पाकिस्तानका मिल मेशिनरी, अन्य उत्पादन र छालाजन्य उत्पादन, बंगलादेशको गार्मेन्ट्स तथा भारतबाट हेल्दी किचेनका आइटमहरूको समेत स्टलहरू राखिने भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>