राजनीति
प्रधानमन्त्री बनाउन सहयोग गर्नुस् : पौडेल, देउवाको जवाफ–छलफल गरौँला
०

काठमाडौँ, मंसिर २९–
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी सरकारको नेतृत्वका लागि आफुलाई सहयोग गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बुधबार देउवालाई भेट्न बालुवाटार पुगेका नेता पौडेलले भावी प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न देउवासमक्ष आग्रह गरेका थिए ।
पौडेलको आग्रहलाई देउवाले ‘छलफल गरौँला’ भन्ने जवाफ मात्र दिएका थिए । कांग्रेसभित्र देउवा स्वयं प्रधानमन्त्रीका लागि प्रयासरत छन् । ‘म एउटा निम्ता दिन बुधबार सभापति तथा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएको थिएँ, त्यसक्रममा छोटो कुराकानी भयो’, पौडेलले भने, ‘मैले सभापतिजीलाई प्रधानमन्त्रीमा मलाई सहयोग गर्नुस् भनेर प्रस्ताव राखेँ, उहाँले ‘छलफल गरौँला’ मात्र भन्नुभयो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























