चितवन विशेष
मध्यरातमा बलात्कारीको पञ्जाबाट फुत्केकी चितवनकी पीडित युवतीको बकपत्र

चितवन, मंसिर २८-
पछिल्लो समय हत्या , हिंसा, बलात्कार जस्ता अपराधिक घटना दिनप्रति दिन बढ्दो क्रममा रहेको छ । यस्ता घट्नाले मान्छेलाई शारीरिक भन्दा पनि मानसिक रुपमा बढी असर गर्ने भएकोले यस्तो अवस्थामा आत्मबलले आफ्नो न्यायको लागि आफै आवाज उठाउनु पर्छ ।
पछिल्लो समय अन्यायमा परेपछि आफ्नो न्याय प्राप्किा लागि भरतपुरको एक कलेज पढ्ने छात्रा पूर्णिमा (नाम परिवर्तन) ले निरन्तर आवाज उठाउँदै आएकी छन् । पूर्णिमा माथि असोज १८ गते आफ्नै निवासमा एक युवाले जबरजस्ती करणीको प्रयास गरेका थिए । पूर्णिमा भन्छिन्,‘ पहिलो यस्तो घट्ना भएको सुन्दा, समाचारमा पढ्दा निकै दुःख लाग्थ्यो तर आज आफैलाई परेको छ र यस्ता घटनाले हामीलाई शारीरिक भन्दा पनि मानसिक रुपमा बढी कमजोर बनाउने रहेछ जुन आज म नजिकबाट अनुभूति गरेको छु ।’ त्यती मात्रै नभएर यस्ता घटना निरन्तर स्मरण गर्दा दिमागको नसामा असर पर्न जाने उनले विभिन्न जर्नलहरुमा अध्ययन गरेकी थिइन् ।
पूर्णिमाको कथा आफ्नै भाषामा
दसैँको समय थियो । अष्टमीको दिन काकाको घरमा खसी काट्ने सल्लाह भएपछि हाम्रो घरमा नवमीको दिन खसी काटिएको थियो । दिनभर दसैँ तयारीमा हामी व्यस्त थियौं । त्यस्तै घट्ना भएको पनि त्यही दिन राति हो । उक्त दिन हामी सब परिवार दसैँको टीका लगाउने ठाउँ बनाएर रातको खाना खाएपछि १० बजे सुत्न आ–आफ्नो कोठामा गएका थिएम् । त्यसपछि सामाजिक सञ्जालमा दिन भरका घट्ना नियालेर म ११ बजे सुतेको थिएँ । मलाई हिंसा गर्ने उद्देश्यले आएको पुरुष त्यस दिन हामी सुत्न भन्दा अगाडि मेरोे कोठा त के घरमा पनि पसेको थिएन । तर, राति ११ः३० बजेको समयमा उक्त पुरुषले खोरमा थुनेको बाख्रा निकाल्यो दिदी बाख्रा किन करायो भनी थुन्न निस्किएको मौका पारेर भित्र पसेर तल्लो फ्ल्याटको गोदाम कोठामा लुकेको रहेछ । जुन मेरो परिवारलाई थाहा नै थिएन ।
त्यस्तै बाख्रा थुनेर दिदी ११ः४५ बजे राति सुतेपछि उक्त पुरुष हामी सुतेको माथिल्लो तलामा गएको रहेछ । सब परिवार तल्लो तलामा ढोका लगाएपछि माथिल्लो तलामा ढोका नलगाई सुत्ने गर्थेम् र त्यो दिन पनि कसैले कोठाको ढोका लगाएको थिएन । त्यही ढोका नलगाएको मौका पारेर उक्त पुरुष प्यासेजमा भएको मेरो कोठाको झ्याल तथा ढोका लगाइ कोठामा पसेर आफूले लगाएको कपडा खोली भित्री बस्त्रमा मात्रै मेरो बेडसम्म आइ पुगेको रहेछ । तर, उक्त पुरुष मेरो बेडमा आएपछि एकदम नराम्रो कडा गन्ध आएको थियो । जुन गन्ध सहन नसकेर मैले निन्द्रामै उठेर कोठाको बत्ती बालेको थिए । मेरो कोठा तथा प्यासेजको बत्तीको सुइच बेडबाटै भेटिने भएकाले मलाई बत्ती बाल्न कठिन भएन जति कठिन बत्ती बालेपछि त्यो पुरुषलाई आफै सुतेको बेडमा बिना कपडा देख्दा भएको थियो । सो पुरुषलाई देख्ना साथ म चिच्याउन थालेँ ।
म चिच्याउन थालेपछि उसले मलाई चिच्यायो भनेर मुखमा हान्ने, घाटी अचट्ने तथा मेरो प्राइभेट पार्टमा समेत हात लगाउने प्रयास गरेको थियो । तर, उसको प्रयासलाई मैले सफल हुन दिइन र उसको हात फाल्दै निरन्तर रुँदै चिच्याए । रातको समयमा त्यसरी चिच्याएपछि घरको सबै परिवार उठ्नु भयो र उक्त पुरुषलाई मेरो कोठामै समाउनु भयो । ममी बाबा दिदी आएपछि म कोठाबाट बाहिर निस्किएर गाउँमा हल्ला गरँे । गाउँका सबै मान्छे आएपछि मैले आफै १२ः१३ बजे जिल्ला प्रहरीमा फोन गरेर सहयोग मागेँ । त्यसपछि जिल्ला तथा वडाबाट राती १ बजे प्रहरी मेरो घर आएका थिए ।
प्रहरी तथा छिमेकीको साहायतामा उक्त पुरुषलाई सोही दिन मेरो कोठाबाटै प्रकाउ गरी राति नै म, बाबा, ममी भएर महिला सेलमा उजुरी दर्ता गरी बिहान ४ बजे घर गएका थिएम् । घटना लगतै दसैँको टीकाको दिन सुरु भएको थियो तर त्यो दसैँले हाम्रो घरमा उत्साह दिएन । दियो त केबल पीडा र चिन्ता । घरमा प्रहरी आएपछि छिमेकीले भन्नुुभयो, ‘भोलि टीकाको दिन, उजुरी टिका पछि दिँदा हुँदैन ।’ तर म मानिन र भने बरु म टीका अर्को वर्ष लगाउछु तर जाहेरी चाँही भोलि नै दिन्छु । मेरो उक्त निर्णयलाई सबैले समर्थन जनाउनु भयो ।
त्यस्तै टीकाको दिन बिहान ४ बजे घर गएका हामीलाई महिला सेलबाट चाडै आउनु भन्दै तुरुन्त फोन आयो र हामी ७ बजे चितवन प्रहरी कार्यालय गएका थियौं । महिला सेलले मलाई सोधपुछ ग¥यो । सोधपुछमा उनीहरुको प्रश्न थियो, तिमीले प्रतिवादीलाई पहिले चिनेको छौँ ? दुईबीच कहिले भेट भएको थियो ? नम्बर छ तिमी सँग ? कहिले बोलचाल भएको थियो ?
उनीहरुको अनुसन्धान म सहज बनाउन चाहान्थे त्यसैले मैले धेरै बोलिन । मैले आफ्नो घर छिमेकमा भाडामा बसेकोले यसको भाई, छोरा भनेर चिनेको छु तर बोलचाल आजसम्म एक पटक पनि भएको छैन । तर, अहिले भने पैसा चोरेपछि केटाको परिवार मेरो छिमेकीको घरमा बस्दैनथ्यो । उसको आमा, बाबा, दाईसँग म भेट्दा, देख्दा बोल्ने गर्थे तर त्यो सँग म बोलेकै थिइन । अनि म सँग नम्बर हुने त परको कुरा हाम्रो भेट पनि आजसम्म भएकै थिएन, किनभने म बिहानै ५ः३० बजे क्याम्पस जान्छु, अनि क्याम्पसबाट सिधै अफिस गएर साँझ ६ बजे घर फर्कन्छु अनी कसरी हुन्छ हाम्रो भेट । त्यस्तै म फेसबुकमा पनि जो केही सँग साथी बन्दिन, बोल्दिन र सामाजिक सञ्चालमा पनि म आफूलाई चाहिने सूचना लिन-दिन तथा चिने जानका सँग सम्वाद गर्न प्रयोग गर्ने गर्छु । मैले अरुले जस्तो मेसेज पनि डिलिट गर्दिन ।
त्यस्तै उक्त व्यक्ति पनि म सँग पहिले फेसबुकमा साथी थियो । उस्ले रिक्वस्ट पठाएको धेरै समय पछि मैले छिमेकी दाइको नाताले एसेप्ट गरे तर मैले मेसेज भने गरिन । रिक्वस्ट एसेप्ट गरेको केही समयपछि उसले मलाई फेसबुकमा टिकटक भिडियो पठाउने थाल्यो जुन मलाई मन परेन र मैले मलाई यस्तो भिडियो नपठाउनु दाई भनेर अनुरोध पनि गरे तर उसले मानेन र भिडियो पटक पटक पठाइ रहयो । जसको कारण मैले आज भन्दा दुई वर्ष अगाडि नै उसलाई ब्लक गर्दिएको थिएँ । मेरो जवाफपछि उनीहरुले मेरो फेसबुक, मोबाइल सबै चेक गरे । तर केही भेट्नु भएन र जति भेट्नु भएको थियो मैले उनीहरुलाई उपलब्ध गराइसके ।
जाहेरी दर्ता
त्यस्तै उक्त पुरुषले केही गरेको छैन भन्ने निश्चित भए पनि प्रहरीको सहायतामा मैले मेडिकल गरे जुन मेरो लागि निकै कठिन थियो । त्यो दिन मेरो परिवारको पेटमा भोक, आँखामा निन्द्रा तथा मनमा शान्ति थिएन थियो त मात्र चिन्ता । तर, पनि हार मानेनन् र हस्पिटलबाट पुनः ४ बजे प्रहरी कार्यालय आएर मैले आफ्नै नामबाट जबरजस्ती तथा ज्यानमार्ने उद्योगमा जाहेरी दर्ता गराए साँझ ६ बजे घर फर्कियौं । बाटोमा टीका लगाएर हिडेका मान्छे देख्दा मन खिन्न भयो र घर पुग्दा भेटने मान्छेको लाइन थियो जुन देख्दा मैले आफूलाई कमजोर महसुस गरे तर हिम्मत भने हारिन । किनभने मैले बाबा, ममी, दिदी र आएका सबैलाई समाल्न हिम्मत प्रदान गर्नु थियो ।
घट्ना भएको खबर पाएपछि तनहुँको गाउँबाट बा पनि आउनु भएको थियो र मनमा पीडा, चिन्ता भए पनि हामीले असत्य माथि सत्य तथा विजयको प्रतिकको रुपमा दैसैँको टिका राति ८ बजे लगाएका थियौं । टीका लगाउँदा मैले मेरो आशुँ रोक्न सकिन । किनभने त्यो दिन यदि म गहिरो निद्रामा हुन्थे, उसले अरु कोठाको चुकुल बाहिरबाट लगाएको तथा मलाई लठ्ठाउने औषधि सुघाएको भए म जिबित हुने थिइन । हुने थियो त केबल अचेत अवस्थामा मेरो मृतक शरीर । तर त्यो दिन मेरो र मेरो परिवारको भाग्य बलियो रहेछ जसको कारण मैले नयाँ जीवन पाएको थिएँ ।
मेलमिलापको लागि अनुरोध
त्यस्तै धेरै पटक उक्त पुरुषको परिवार माफ गर्देऊ पैसामा मिलाउने, खुट्टा ढोगाएर माफ माग्न लगाउँछौँ, हामी उसलाई तिम्रो नजिक पर्न दिदैनौ, कानुन अदालतको पछि लाग्दा धेरै समय खेर जान्छ, दुःख हुन्छ भन्दै धेरै जना आएका थिए । उनीहरुले आफ्नो चिने जानेको धेरै व्यक्तिलाई मेरो घरदेखि प्रहरी कार्यलयमा समेत ल्याएका थिए । उनीहरुले ल्याएका व्यक्तिले मलाई कानुनमा पछि लाग्दा सबैलाई तिमी प्रति भएको घटना थाहा हुुन्छ, तिम्रो बेइज्यत हुन्छ, तिमीलाई सबैले नराम्रो सोच्छन् । यो कुराको अब यहीँ अन्त्य गरौँ भनेका थिए ।
उनीहरुको त्यो भनाइमा मैले तत्काल प्रश्न उठाएँ, के मेरो इज्जत पैसाले आउने इज्जत हो ? खुट्टा ढोगेर आउछ मेरो इज्जत ? यदी तपाइँको छारी मेरो ठाउँमा हुन्थ्यो भने पनि यही भन्नु हुन्थ्यो ? भोलि मलाई यहाँ गाउँ समाजमा बस्नु छ र यदि म जस्तो कानुन बुझेको, कानुनको आधारमा रहेर दैनिक काम गर्ने, आवाज बिहीनको आवाज बनेको म जस्तो व्यक्ति चुप लाग्यो भने अरु नारीबाट मबाट के आश गर्ने । त्यस्तै मेरो परिवारले मेरो प्रश्नमा पुनः प्रश्न थप्नु भयो मेरो छोरीको जीवनको ग्यारेन्टी तपाइँले लिनु हुन्छ ? हाम्रा यस्ता प्रश्नकासामु उनीहरु जवाफ बिहीन भएर मौन बसे ।
उनीहले पटकपटक मलाई कानुनी प्रक्रियामा नजान अनुरोध गरे पनि आफ्नो निर्णय प्रति अडिक भएँ किनभने त्यो लडाइ मेरो मात्रै नभएर सारा नारी जगतको थियो । उक्त समय मनमा डर तथा मानसिक रुपमा म धेरै कमजोर भएँ तर त्यो समय कमजोर पन भन्दा पनि मेरो आत्मबल बलियो थियो । जसको कारण आज मैले २१ वर्षमै आफ्नो तथा सारा नारी जगतको न्याय र साहसको लागि कानुनी प्रकियामा छु ।
त्यो समय बलात्कारीसँग प्रतिबाद गर्दा मेरो दाँत हल्लिएको थियो, घाँटीमा केही दाग थियो, फेस सुनिएको, नङ् भाँचिएको मात्रै थियो तर मानसिक रुपमा भने धेरै कमजोर थिएँ जसको कारण मेलै खान, हाँस्न, बोल्नु, निदाउनु नै ठूलो कुरा थियो । यदि निदाएँ भने पनि डाराउने, झस्किने गर्थे । त्यसैले केही समय कार्यालय पनि बिदा लिएँ । साथीहरु घरमै भेट्न आउनु भयो । साथीसँगको भेट, परिवार, छिमेकीको, आफन्तको सहायता र आफ्नै आत्मबलले म बलियो भएँ ।
केही दिनपछि प्रहरीमा आफ्नो मेडिकल रिपोर्ट बुझ्न एक्लै गएँ । तर, नेपालको कानुनमा मेडिकल रिपोर्ट हेर्न नपाउने रहेछ जसको कारण मैले पनि आफ्नो मेडिकल रिपोर्ट हेर्न पाइनँ । उक्त नियमले मलाई त केही भएन, महिनावारी पनि मेरो समयमै भयो तर अरु अन्यायमा परेर महिनावारी नभएका नारीने के गर्ने भन्ने प्रश्न उठ्यो । त्यसैले मेडिकल रिपोर्ट हेर्न नपाउने नेपालको कानुन भने मलाई मन परेन ।
जिल्ला प्रहरी कार्यालयबाट हामीलाई कात्तिक १ गते साक्षीसहित बोलाउनुभयो । मैले साक्षी बुझाएँ । मैले लगेको साक्षीले प्रहरीमा किन आएको रहेछ ? केही भन्यो भनेर प्रश्न गर्दा प्रेम प्रस्ताव राख्न गएको भनेको थियो रे । तर, उसको जवाफमा एकरुपता थिएन । घट्ना भएको दिन किन गएको भन्दा बहिनी सोचेर गएको भनेको थियो भने सोही दिन राति प्रहरीमा सोध्दा घर नचिनेर गएको, आफ्नै घर जस्तो लागेर गएको भनेको थियो । तर, आफ्नो गल्ती नभएको कारण मेरो भनाइ भने कहिलै फेरिएन र प्रहरीको सहायतामा अदातलतमा कात्तिक १५ गते मेरो मुद्दा दर्ता भएको थियो ।
पीडक जेल चलान
मैले १५ गते अदालत गएर हाजिर गरेर १६ गते सरकारी वकिल श्रीराम खनालको सहायतामा बकपत्र पनि दिएँ । बकपत्रमा एन्टि प्रश्न पनि थियो तर मैले जे हो त्यही नडराइ भने । बकपत्र दिएर सरकारी वकिल हुँदै जिल्ला प्रहरी आएपछि उक्त पुरुषलाई र्पुपक्षको लागि कारागार चलान गरियो भनेर थाहा पाएँ । त्यो दिन म मनै देखी खुसी भएको दिन थियो । तर, मैले खुलेर सास भने त्यो दिन फेर्नेछु जुन दिन त्यसलाई सजाए तोकिन्छ । प्रहरीपछि अदालतको प्रकिया सहज त छैन । तर, कठिन भए पनि न्यायको लागि म अन्तिम सास सम्म लड्छु किनभने हस्पतालमा अन्तिम अवस्थामा भएको व्यक्तिले पनि त म अझै बाच्छु भनेर सास फेरेछ भने म किन हार मान्ने । म हार मान्दिन ममा यहाँ नभए उच्च अदालत जान्छु तर आफ्नो न्याय पाएरै छाड्छु भन्ने अठोट छ ।
उक्त पुरुषको दाईले मलाई घटना भएको १५÷२० दिन पछि लक्ष्मी पूजाको दिन पारेर सामाजिक सञ्जालमा म्यासेज पनि गरेकोे थियो । उसले पहिले मलाई सामान्य हालखबर सोध्यो र पछि बिस्तारै बिस्तारै अन्य कुरा गर्न थाल्यो । मेसेजमा उसले मलाई भाइले गल्ती ग¥यो माफ गर्देउ, मलाई धेरै दुःख छ, मेरो अवस्था बुिझदेउ, म भाइलाई तिम्रो नजिक पर्न दिने छैन जस्ता मेसेज गरेको थियो ।
बलात्कारीको पृष्ठभूमि
जीवन भनेकौ समस्या नै समस्याको संगम हो । आखिर जीवनमा समस्या नै भएन भने जीवन जिउनुको के मज्जा । त्यस्तै मैले सुने अनुसार उक्त पुरुषले मलाई भन्दा पहिले पनि दुई नारीलाई यस्तै गरेर पैसामा मिलेको थियो रे । त्यस्तै छिमेकीको भनाई अनुसार मेरो घरमा घट्ना भएको दिन पनि उक्त पुरुषले एउटा दाइको घाटी अचट्ने र प्रहरीलाई पैसामा मिलाउन भनेको थियो रे । यो पटक मेरो हातमा परेको छ । म कुनै हालतमा माफ गर्दिन र सजाय दिएरै छोड्छु ।
तर, जीवनमा साथ दिने सँगसँगै खुट्टा तान्ने पनि पनि हुँदा रहेछन् । धेरै त भन्दिन तर १०० मा २ जना जतिले केटीले बोलाएर आएको अहिले जेलमा थुनाइ, पैसाको लागि बिकेकी १० लाख मागेकी छे । उनीहरुले यस्तो भन्दै गर्दा मलाई मात्रै हैन मेरो परिवार, परिवारले मलाई दिएको संस्कार तथा बानी व्यवहारमै औँला उठाएको छन् । जुन उठाएको औँलाको जवाफ म छिटै दिन चाहन्छु । जसको कारण भोलि कसैलाई केही भन्न भन्दा अगाडि १०० पटक सोच्न उनीहरु बाध्य हुने छन् ।
औँला उठाउनेलाई मेरो प्रश्नः
‘के मेरो ठाउँमा तपाइँको छोरी भए यस्तै आरोप लगाउनु हुन्थ्यो ? आखिर म र तपाईको छोरीमा के फरक छ ? तपाइँ पनि नारी नै हैन र ? उनी फेरि नारी भएर तपाइँ नारीकै शत्रु किन ? छोटो कपडा लगाएर हिंसा हुन्छ भन्नु हुन्छ । के निर्मला पन्तले छोटा कपडा लगाउँथी ? अनी मैले कहिले लगाए छोटा कपडा, कहिले हिडे उत्तौली भएर ? यस्ता कुरा त के आज सम्म मैले सामान्य नराम्रा शब्द पनि बोलेको छैन । यहाँ नारीमा हैन पुरुषले नारीप्रति हेर्ने नजर तथा सोच खराब छ । त्यसैले आफ्ना बालबालिकालाई राम्रो आचरण बानी व्यवहार सिकाउन कहिलै नचुक्नु । चोर तथा नारीको इज्जत नगर्ने त्यो केटाको ओठ ढाक्ने तपाइँहरुको सोच कस्तो ?
सरकारी निकायलाई मेरो प्रश्नः
आखिर कहिलेसम्म नारी जगत डरको भूमरीमा बाच्नु पर्ने ? १६ दिने अभियानमा लैङ्गिक हिंसा सम्बन्धी हजारौं कार्यक्रम गर्नु भयो खै त उपलब्धि ? के कार्यक्रम गरेर मात्रै हिंसा समाधान हुन्छ ? यदि घरमै नारी सुरक्षित छैनन् भने कहाँ छन् नारी सुरक्षित ? के हामी नारी जगतलाई स्वतन्त्र रुपमा बाच्ने, हिड्ने, बस्ने अधिकार छैन ?
त्यस्तै पहिले देखिनै बन्द कोठामा भन्दा खुला आकाशमा स्वतन्त्र चरी सरह उड्न रमाउने भएकोले आज म घटना भएपछि पनि निरन्तर आफ्नो काममा फर्किएको छु । हो म मान्छु केही मैले काममा बिदा लिए तर बिदामा बसेपनि मैले मेरो पढाइ, भविष्य, परिवार, समाज र न्यायको लडाइको बारेमा सोच्न छोडिन र आफ्नो आत्मबललाई कमजोर बनाइन । त्यस्तै सारा नारी जगतलाई म भन्न चाहान्छु न्याय पाउन निकै कठिन छ तर असम्भव भने छैन । किनभने जहाँ समस्या हुन्छ नि त्यही समाधान गर्ने उपाए पनि हुन्छ । त्यस्तै आजका नारी कमजोर छैनन् र कमजोर छन् त केबल हामी प्रति हेरिने नजर ।