चितवन विशेष
चितवनमा एकैदिन १३ जना फरार प्रतिवादी पक्राउ

भरतपुर, जेठ १९-
जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा अदालतबाट कैद तथा सजाय तोकिएपछि फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई चितवन जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकामध्ये चेक अनादर मुद्दाका ८ जना, लागूऔषध मुद्दाका २ जना, सवारी ज्यान मुद्दाका १ जना, बैंकिङ कसुर मुद्दाका १ जना तथा कुटपिट मुद्दाका १ जना रहेका छन्।
उनीहरूमध्ये बैंकिङ कसुर मुद्दाका १ जनालाई अदालतले जम्मा ३ दिन कैद सजाय तोकेको छ भने र सबैबाट रु. १६ लाख २८ हजार जरिवाना असुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको यादवले बताउनुभयो ।


























