राजनीति

अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

Banner

काठमाडौं, जेठ २१ –

काभ्रे पाँचखाल नगरपालिका–७, होक्सेका अजित मिजार हत्याको विरोधमा नेपाली कांग्रेसका युवाहरुले प्रदर्शन गरेका छन् ।

काठमाडौं महाराजगन्जस्थित महाराजगन्ज मेडिकल क्याम्पस अगाडि युवाहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । नेपाली कांगेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान र जातीय विभेद विरुद्ध सचेतना अभियन उपसमितिको अगुवाइमा न्यायको माग गर्दै प्रदर्शन गरिएको हो ।

जातीय विभेद विरुद्ध सचेतना अभियन उपसमितिकी संयोजक एलिजा ढकालका अनुसार न्याय अझै मरेको छैन् र न्याय दिलाउन आफूहरु तत्पर रहेको सन्देश दिन प्रदर्शन गरेको साथै मिजारको घरमै पुगेर पनि सान्तवना दिइएको हो । ‘१० बर्षअघि अन्तरजातीय विवाह गरेको निहुँमा मिजारको हत्या भएको अनुसन्धानहरुले देखाएको छ तर राज्य परिवारलाई न्याय दिलाउन मौन छ । यसका विरुद्ध हाम्रो खबरदारी हो,’ उनले भनिन् ।

अन्तरजातीय विवाह गरेपछि २०७३ असार २९ गते काभ्रेको तामाघाट बजारबाट बेपत्ता भएका १८ वर्षीय अजितको शव धादिङको फुर्केखोलामा झुन्डिएको अवस्थामा फेला परेको थियो । त्यसपछि परिवार र अभियन्ताहरुले निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेका छन् । न्यूज बैंक

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>