चितवन विशेष

राप्रपा युवा संगठनका सदस्य सचिव बमले छाडे पार्टी

Banner

चितवन, जेठ २०–

राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै बमले साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हुन् ।

वर्तमान राष्ट्रिय परिस्थितिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्रहित, सुशासन, समृद्धि तथा जनताको जीवनसंग प्रत्यक्ष रूपमा जोड्न फरक ढंगको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने आवश्यकता महसुस गर्दै पार्टी परित्याग गरेको बमले बताएका छन् । यही उद्देश्यका साथ नयाँ राजनीतिक यात्राको प्रारम्भ गर्न लागेको बमले बताए । उनले पार्टीबाट अलग भए पनि राजसस्था, सनातन हिन्दू राष्ट्र, संघीयता खारेज, सुशासन र समृद्धिको पक्षमा आफ्नो अडान यथावत रहेको भन्दै राष्ट्रिय मुद्दाहरूलाई केन्द्रमा राखी नेपालको राष्ट्रिय राजनीतिमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बम वि.सं. २०६५ साल श्रावण १० गतेदेखि विद्यार्थी संगठनको केन्द्रीय सदस्यका रूपमा विद्यार्थी राजनीतिमा सक्रिय भई पार्टीका विभिन्न गतिविधि, आन्दोलन तथा निर्वाचनहरूमा निरन्तर सहभागी हुँदै आएका थिए । केहीदिन अघि मात्रै पार्टीका महामन्त्री धवल शमशेर राणाले पार्टी परित्याग गर्दै नयाँ अभियानको सुरुवात गर्ने घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>