फोटो फिचर

हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ आजदेखि सुरु

Banner

काठमाडौं, जेठ २१ –

दक्षिण एशियाकै प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्ये एक मानिने ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ आजदेखि काठमाडौंमा सुरु भएको छ। आठ दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदा लेखकहरूको सहभागिता रहेको छ।

एनसेल फाउन्डेसनको सहकार्यमा आयोजित यस वर्षको महोत्सव नेपाली साहित्यकार गुरु प्रसाद मैनालीको योगदानप्रति समर्पित गरिएको छ। मे २९ देखि जुन ५ सम्म सञ्चालन हुने कार्यक्रम हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादका विषयमा केन्द्रित छ।

महोत्सवमा मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा साहित्य र कलाको रूपान्तरणकारी शक्तिबारे अन्तरविषयक छलफलहरू भइरहेका छन्।

यस संस्करणमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, हिमालयन कवि युयुत्सु शर्मा, आइरिश साहित्यिक सम्पादक मार्टिन डोयल तथा ब्रुकलिन ‘पोएट लौरिएट’ टिना चाङलगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, अमेरिका र अन्य देशका साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहेको छ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>