अन्तर्राष्ट्रिय

कतारबाट फर्किएपछि रिचार्लिसनले ढाडमा खोपे नेमार र रोनाल्डोको ट्याटु

Banner

दोहा, मंसिर २८-

ब्राजिलका युवा स्ट्राइकर रिचार्लिसनले ढाडमा आफू, नेमार र रोनाल्डोको ट्याटु खोपेका छन्। विश्वकपको क्वाटर फाइनलमा क्रोएसियासँग पराजित भएर बाहिरिएको चार दिनपछि रिचार्लिसनले ढाडमा खोपेको तीन जनाको अनुहार देखिने ट्याटु सार्वजनिक गरेका छन्।

नेमार र रोनाल्डोप्रति सम्मान व्यक्त गर्दै उनले ट्याटु खोपेका हुन्। रोनाल्डोले ब्राजिलका लागि सन् २००२ मा विश्वकप उपाधि जितेका थिए। त्यसयता ब्राजिलले उपाधि जित्न सकेको छैन। नेमारले उपाधि जिताउन सक्ने अपेक्षा गरिए पनि सफल भएका छैनन्।

यद्यपि उनले ब्राजिलका लागि सर्वाधिक गोल गर्ने पेलेको ७७ गोलको कीर्तिमान यसै विश्वकपमार्फत बराबरी गरेका छन्। उनले अर्को विश्वकप खेल्ने निश्चित छैन।

रिचार्लिसन ब्राजिल फुटबलले आस गरेका खेलाडी हुन्। उनले कतार विश्वकपमा ३ गोल गरे।

समूह चरणमा उनले गरेको एउटा गोलको निकै चर्चा भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>