राजनीति

सांसद दैनिक भत्ताबाहेक सबैखाले तलब र अन्य सेवा सुविधा बन्द गर्न राष्ट्रिय एकता अभियानको माग

Banner

जनकपुरधाम, मंसिर २८-

सांसद विकास कोष तत्काल बन्द गर्न राष्ट्रिय एकता अभियानले माग गरेको छ । अभियानका अध्यक्ष विनय यादव नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । अभियानले संघीय सांसद र प्रदेश सांसदलाई दिदै आइरहेको दैनिक भत्ताबाहेक सबैखाले तलब र अन्य सेवा सुविधा तथा सांसद विकास कोष यथाशीघ्र बन्द गर्नुपर्ने ज्ञापनपत्रमा माग गरेको छ ।

आर्थिक मन्दीका कारण सर्वोच्च निकाय संघीय संसद नै भार थेग्न नसक्ने गरी मुलुकको ढुकुटी रित्याउने माध्यम बन्न जाँदा संसदमाथि जनताको भरोसा नै टुट्ने जोखिम पैदा भएको भन्दै सांसद विकास कोष बन्द गर्न अभियानको माग छ ।

बैंकको ब्याज तिर्न नसकेर थुप्रै व्यापारीहरु डिप्रेसनको सिकार भएर आत्महत्या गर्न बाध्य भएको र कृषि उत्पादको उचित मूल्य तथा मल नपाएर कृषकहरुमा कृषिप्रति उदाशीनता छाएको अबस्था सृजना भएकाले आर्थिक भार कम गर्नुपर्ने अभियानको ज्ञापनपत्रमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>