अन्तर्राष्ट्रिय

२०१५ मा देशभर प्रतिवन्ध भएको समलैङ्गिक विवाहले अमेरिकामा पायो कानूनी मान्यता

Banner

अमेरिका, मंसिर २८

संयुक्त राज्य अमेरिकाले समलैङ्गिक विवाहलाई कानूनी मान्यता दिएको छ । राष्ट्रपति जो बाइडेनले ‘सेम सेक्स म्यारिज बिल’ मा हस्ताक्षर गर्दै कानूनी रुप दिएसँगै अब अमेरिकामा समलैङ्गिक विवाह वैधानिक ठहरिने अन्तर्राष्टिय संचारमाध्यमहरुले जनाएका छन् ।

रिपोर्टका अनुसार सन् २०१५ मा अमेरिकी अदालतले समलैङ्गिक विवाहलाई अवैधानिक ठहर गर्दै देशभर प्रतिवन्ध लगाएको थियो । ‘अमेरिकी नागरिकहरूले लामो समयदेखि यो क्षणको प्रतीक्षा गरिरहेका थिए समानता र न्यायको पक्षमा रहेकाहरूको ल लागि यो अत्यन्तै महत्त्वपूर्ण क्षण हो । छ जब डेमोक्र्याट र रिपब्लिकन एकसाथ आएर समलिङ्गी विवाह विधेयकको कार्यान्वयन गराउनु यो अत्यन्तै दुर्लभ अवसर पनि हो ।’ बिलमा हस्ताक्षर गर्दै बाइडेनले भनेका छन् ।

उनी थप्छन्, ‘माया त माया हो । प्रत्येक व्यक्तिलाई माया गर्ने अधिकार छ। विवाह गर्ने र कोसँग विवाह गर्ने भन्ने निर्णय मानिसहरू आफैले गर्न सक्छन्।’

‘द गार्डियनको’ रिपोर्टका अनुसार विश्वका १२० देशमा समलैंगिकतालाई अपराध मानिएको छैन, तर हाल ३२ देशमा मात्रै समलिङ्गी विवाहलाई अनुमति दिइएको छ। नेपालको सन्धर्वमा पनि समलैंगि विवाहलाई वैधानिकता प्रदान गरिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>