राजनीति

इलाम–१ को मतपरिणाम बदर गर्न झलनाथ खनालको माग, सर्वोच्चमा हाले रिट

Banner

काठमाडौं, मंसिर २८–

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गरेका छन् । धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई विजयी गराइएको भन्दै खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्।

संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा खनालले निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित संघीय संसद् सचिवालय विपक्षी बनाएका छन्।

इलाम–१ बाट नेकपा एमालेका महेश बस्नेत २५ हजार ७५३ मतसहित विजयी भएका थिए। नेता खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>