अन्तर्राष्ट्रिय

पराजयको दुई दिनपछि रोनाल्डोको रहस्यमय सन्देश–‘पीडा, अनिश्चितता र निरन्तर काम’

Banner

दोहा,मंसिर २७-

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले फुटबल भविस्यलाई लिएर एउटा सन्देश सार्वजनिक गरेका छन्। विश्वकपको क्वाटर फाइनलबाट पोर्चुगल बाहिरिएको २ दिनपछि उनले इन्स्टाग्रामबाट एउटा रहस्यमय सन्देश सार्वजनिक गरेका हुन्।जसमा उनले भनेका छन्, ‘पीडा, अनिश्चितता र निरन्तर काम।’

३७ वर्षीय रोनाल्डोले विश्वकपको नकआउट चरणको खेल बेञ्चमा बसेर सुरु गर्नुपर्यो। विश्वकप खेल्न कतार आउनुअघि म्यानचेस्टर युनाइटेडसँग उनको झगडा भएको थियो।

अहिले उनी क्लब बिहिन छन् भने राष्ट्रिय टोलीमा पनि उनको भविस्यलाई लिएर आशंका व्यक्त गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>