कालिका

कालिकाका विपन्न परिवारलाई समाजसेवी पौडेलले गरे खाद्यान्न सहयोग

Banner

चितवन, मंसिर २६–

समाजसेवी टंकनाथ पौडेलले कालिका नगरपालिकामा दुई विपन्न परिवारलाई खाद्यान्न र आर्थिक सहयोग गरेका छन् । सोमबार कालिका नगरपालिका–६ क्लव चोक नजिक स्वर्णीम टोलमा बसोबास गर्ने अतिविपन्न फुलेश्वरी महतो र कालिका ७ मा बस्ने लिलादेवी कार्कीको परिवारलाई समाजसेवी पौडेलले खाद्यान्न र आर्थिक सहयोग गरेका हुन् ।

पौडेलले उनीहरुलाई चामल, नुन, तेल, मसला, भुजा, विष्कुटलगायतका खाद्यान्न सहयोग गरेका हुन् । यस्तै पौडेलले एक महिनासम्म पुग्ने गरि दूध खानका लागि समेत आर्थिक सहयोग गरेका छन् । खाद्यान्न र आर्थिक सहयोग पाएपछि उनीहरु खुशी भएका थिए । खान लाउन समेत समस्या भइरहेको बेला यस्तो सहयोग पाउनु धेरै महत्वपूर्ण रहेको महतोले बताइन् । कार्कीले पनि खाद्यान्न पाउँदा निकै खुशी भइन् ।

समाजसेवी पौडेलले कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र देवघाट गाउँपालिकामा धेरै नै सहयोग गर्दै आइरहेका छन् । उनी राजनीतिसंगै सामाजिक कार्यलाई निरन्तर अगाडि बढाउँदै आइरहेका छन् । विपन्न परिवारलाई खाद्यान्न अभाव भएको थाहा पाएपछि उनीहरुलाई थोरै भए पनि सहयोग गरिएको पौडेलले बताए । ‘दिनदुखीलाई सेवा गर्नु नै मेरो लागि महत्वपूर्ण हो, म यसैगरि सहयोग कार्यलाई निरन्तरता दिन्छु’–समाजसेवी पौडेलले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>