राजनीति

राप्रपा प्रवक्ता भनेः राष्ट्रपतिले काम चलाउ सरकारले ल्याएको अध्यादेश रोक्नुपर्छ

Banner

काठमाडौं, मंसिर २६-

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने बताउनु भएको छ । सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि प्रवक्ता श्रेष्ठले नयाँ जनादेश आइसकेको अवस्थामा अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक भएको तर्क व्यक्त गर्नु भएको हो ।

‘देउवा नेतृत्वको सरकार बनेको डेढ वर्षसम्म रेशम चौधरीको रिहाइ लक्षित अध्यादेश ल्याउन कुनै अग्रसरता नदेखाएको र अहिले कामचलाउ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रित राजनीतिको फोहोरी सुरूवात हो । राष्ट्रपति महोदयले कामचलाउ सरकारले ल्याएको अध्यादेशलाई रोक्नुपर्छ’, श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>