चितवन विशेष
चितवनका सन्तोषसहित ७ खेलाडीले मलेसियामा जिते स्वर्णपदक
०

मलेसीया, मंसिर २६-
चितवनकासन्तोष भट्टले मलेसियामा सम्पन्न पाङ्कोर आइल्याण्ड अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२२ मा गोल्डमेडल जितेका छन् ।
लामो समयदेखि मलेसियामा बस्दै आएका भट्टले उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि स्वर्णपदक दिलाएका हुन् । भट्टसंगै ६ जना नेपाली खेलाडीले पनि स्वर्णपदक जितेका छन् । स्वर्णपदक जित्नेहरुमा मोहम्मद उमर खान, सुनिता विष्ट, सुष्मा थापा, सोनम गैरे, नितिश विश्वकर्मा र सक्षम चौधरी रहेका छन् ।
यस्तै चार खेलाडीले रजत पदक जितेका छन् । जसमा जैनव खातुन, अब्बास खान, मोहम्मद उमर खान, सुनिता विष्ट रहेका छन् । यस प्रतियोगितामा नेपाली खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको थियो । प्रतियोगितामा टिम प्रशिक्षकको रुपमा रोशन खाँन रहेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























