राजनीति

ओली र केसीको बालकोटमा भेटघाट

Banner

काठमाडौं, मंसिर २६–

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

ओली निवास बालकोटमा आइतबार साँझ केसी र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको केसीको सचिवालयले जनाएको छ।

उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको जनाएको छ। भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए। ओलीलाई भेट्न केसी बालकोट पुगेका हुन् ।

भेटमा द्वन्द्वकालीन मुद्दा किनारा लगाउने, भ्रष्टाचारविरूद्ध एक भई लड्नेलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>