राजनीति

देउवाले ल्याएको अध्यादेशको महामन्त्री शर्माले गरे विरोध

Banner

चितवन, मंसिर २६–

जेलमा रहेका रेशम चौधरीलाई छुटाउनेगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएपछि उक्त कार्यको सर्वत्र विरोध भइरहेको छ । कांग्रेस सभापति समेत रहेका देउवाले ल्याएको अध्यादेशको कांग्रेसकै महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले विरोध गरेका छन् । शर्माले अध्यादेशको सार्वजनिक रुपमा असहमति राखेका हुन् ।

‘सडकमा छँदा जे सत्य, संसदमापनि त्यही नै सत्य । त्यसैले सार्वजनिक दर्ज होस् असहमति…’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत । कानुनी र राजनैतिक प्रश्न मात्र होइन, पिएम नेपाल यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>