राजनीति

महिला हिंसाविरुद्ध कोठाभित्र कार्यक्रम गरेर हुँदैन, सडकबाट अभियान चलाउनु पर्छः मन्त्री रेग्मी

Banner

काठमाडौँ,मंसिर २५ –

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको ‘कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनीकरणका उपाय’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको हो । उहाँले अभियानको रुपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उहाँले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँगाउँमा अभियान लिएर जानुपर्ने बताउनुभयो।

उहाँले महिला हिंसा गाउँघरमा मात्रै नभइ सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताउनुभयो। मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने उल्लेख गर्नुभयो। राजनीतिक दलहरुले पनि महिला हिंसाको विरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उहाँले भनाइ छ। राजनीतिक दलहरुले घोषणापत्रमा लेखेर र भाषण गरेर मात्रै नपुग्ने उहाँले भनाइ छ।

उहाँले भन्नुभयो, ‘समाजलाई सचेत नगरीकन महिला हिंसाको सरकारले गरेर मात्रै पनि भएन। समाजलाई पूरै सचेत गराउनको लागि अभियान गर्नु पर्‍यो। महिला हिंसाविरुद्धको कोठाभित्रको कार्यक्रम होइन, अभियानको रुपमा लैजानु पर्‍यो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>