राजनीति

स्थानीय तहको क्षमता विकास गर्न जरुरी छ: प्रधानमन्त्री देउवा

Banner

काठमाडौं, मंसिर २५ प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको क्षमता विकास गर्न जरुरी रहेको बताउनुभएको छ। गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस कार्यमा सहजीकरण गर्न गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गर्नुभयो।

उहाँले हरेक स्थानीय तहमा दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

सहजरुपमा शिक्षा स्वास्थ्यको ग्यारेन्टी, रोजगारी सिर्जना, लैंगिक हिंसा अन्त्य लगायतमा काम गर्न जनप्रतिनिधि र स्थानीयबीच बहस, छलफल तथा अन्तर्क्रिया हुन आवश्यक रहेको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>