राजनीति
प्रचण्ड भेट्न खुमलटार पुगे अग्नि सापकोटा
०

काठमाडौं, मंसिर २५-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न बिहानै खुमलटार पुगेका सापकोटा बीच करिब एक घण्टा वार्ता भएको हो ।
सिन्धुपाल्चोक १ बाट सापकोटाकै भतिज माधव सापकोटा ‘सुवोध’ निर्वाचित भइसकेका छन् । सत्ता गठबन्धनमा राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र राष्ट्रियसभा उपाध्यक्षजस्ता पदहरू प्याकेजमै भागबण्डा मिलाउन प्रयास भइरहेको छ।
त्यही बेलामा सापकोटा खुमलटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सापकोटा ०७४ सालमा सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका थिए । युवालाई छाड्ने भन्दै यो पटक सापकोटा चुनाव लडेनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























