अन्तर्राष्ट्रिय

क्रोएसियासँगको हारपछि नेयमारले भने, ‘यो हार लामो समयसम्म याद रहनेछ’

०
Banner

काठमाडौं, मंसिर २५

फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले यो हार लामो समयसम्म याद रहिरहने बताएका छन् । सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै उनले लेखेका छन्, ‘यो हारपछि म मानसिक रूपमा टुटेको छु । यो यस्तो हार हो जसले मलाई सबैभन्दा बढी चोट पुर्‍याएको छ । दुःखको कुरा हो तर यो हार मलाई लामो समयसम्म याद रहनेछ ।’

‘मैले खेल सकिएपछि १० मिनेटसम्म केही सोच्न सकिनँ, मलाई सुरुमा पक्षाघात भएको जस्तो भयो र त्यसपछि म रुन थालेँ ।’ उनले थपेका छन्, ‘हामी अन्तिमसम्म लड्यौं । मलाई मेरा सहकर्मीहरूप्रति गर्व छ किनभने हाम्रो इच्छा र प्रयासको कमी थिएन । हामी जित्नका हकदार थियौं तर सायद यो ईश्वरको इच्छा थिएन ।’

नेमारले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो टोली र भगवानलाई धन्यवाद दिँदै हारको पीडा बिर्सन नसक्ने लेखेका छन् ।नेयमार अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा समावेश छन् ।

१२४ खेलमा ७७ गोल गर्दै उनले चर्चित फुटबल खेलाडी पेलेको बराबरी गरेका छन् । यद्यपि पेलेले ९२ खेलमा ७७ गोल गरेका छन् ।

शुक्रबार भएको फिफा विश्वकपको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई ४–२ गोल अन्तरले पराजित गरेको छ । क्रोएसियाको यो प्रदर्शन विश्वभरका खेलप्रेमीका लागि स्तब्ध थियो । हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ ।

खेलमा दुवै टोलीले १–१ गोल ​​गरेका थिए । यो खेलको पहिलो गोल नेयमारले गर्दा ब्राजिल सेमिफाइनलमा जान तयार भएको देखिन थालेको थियो तर क्रोएसियाका पेटकोभिकको गोलले खेलको बाटो नै बदल्यो र खेल ब्राजिलको हातबाट बाहिर गयो ।

नतिजाका लागि पेनाल्टिको सहारा लिइयो । दुवै टोलीले ४–४ पेनाल्टी सुट पाएका थिए । क्रोएसियाले चारवटै पेनाल्टी गोल गर्यो भने ब्राजिलले दुई पेनाल्टी गोल गुमाएपछि विश्वकपबाट बाहिरियो ।

खेल सकिएपछि नेयमार मैदानमा बसेर रुन थाले । उनले आफ्नो हातले अनुहार लुकाइरहेका थिए । मैदानबाट निस्कँदा पनि उनी रोइरहेका थिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>