खैरहनी

संस्कार साकोसको अध्यक्षमा पुनः हरिकुमार चौधरी

Banner

चितवन, मंसिर २४–

पूर्वीचितवनको खैरहनी नगरपालिका–८ पर्सा बजारमा मुख्य कार्यालय रहेको संस्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा पुनः हरिकुमार चौधरी चयन भएका छन् ।

सहकारीको आज (शनिबार) भएको चौथो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले चौधरीको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । साकोसको उपाध्यक्षमा विजय चौधरी, सचिवमा प्रणाम चौधरी, कोषाध्यक्षमा धनबहादुर दराई चयन भएका छन् । यस्तै सदस्यहरुमा दिपा श्रेष्ठ, दीपेन्द्र चौधरी र रमेश श्रेष्ठ चयन भएका छन् ।

अधिवेशनले विभिन्न समितिको संयोजक र सदस्यहरु समेत सर्वसम्मत चयन गरेको छ । लेखा समितिको संयोजकमा दिपनारायण चौधरी, सदस्यहरुमा छनुवा चौधरी र मनोज चौधरी चयन भएका छन् ।

यसअघि साधारणसभामा आर्थिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारी, असल बचतकर्ता, बाल बचतकर्ता विभिन्न विधामा उत्कृष्टहरुलाई नगदसहित सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>