चितवन विशेष

राप्तीको यौरालीटारमा एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन

Banner

चितवन, मंसिर २४-

राप्ती नगरपालिका–१२ यौरालीटारमा एकीकृत जनस्वास्थ्य अभियान तथा पोषण प्रवद्र्धन कार्यक्रम सञ्चालन भएको छ ।

तीन दिन सम्म चलेको सो कार्यक्रम स्वास्थ्य कार्यालय चितवन र राप्ती नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो ।

अभियानको क्रममा मंसिर २२ र २३ गते आमा समूहहरुसँग तथा विद्यालयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ भने आज शनिबार एकीकृत विशेष स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार शनिबारको कार्यक्रममा बालबालिकाको पोषण अबस्थाबारेमा जानकारी लिइएको थियो । यस्तै, हाडजोर्नी रोग बिशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, दन्तरोग विशेषज्ञ सेवा, स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा, प्रयोगशाला एवम् भिडियो एक्सरे सेवा, आर्युर्वेद सेवाका प्रदान गरिएको हो ।

२४५ जना भन्दा बढीले सेवा लिएको शिविरका लागि भरतपुर अस्पताल, बकुलहर अस्पताल, भण्डारा अस्पताल, जिल्ला आयूर्वेद अस्पतालको प्राविधिक सहयोग गरेका थिए । सो अबसरमा राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाई, वडा अध्यक्ष, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>