चितवन विशेष
पहिलो चरणमा प्रमुख तीन योजनामा उवासंघ चितवनसँग सहकार्य गर्दै रवि
०

चितवन, मंसिर २४–
चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको चौतर्फी विकासका लागि उद्योग वाणिज्य संघ चितवनसँग सहकार्य गरिने बताएका छन् । शुक्रबार उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठलगायत संघका पदाधिकारीसँग भेटघाट गरेका रविले पहिलो चरणमा प्रमुख तीन योजनामा सहकार्य गर्न लागिएको जानकारी दिएका छन् ।
‘इन्भेष्ट इन चितवन’ कार्यक्रम अन्तर्गत चितवनमा लगानी सम्मेलन गर्ने, चितवनमा अन्तर्राष्ट्रिय कृषि प्रवर्धन तथा विकास मेला गर्ने र युवा रोजगार प्रर्वधनका लागि ‘आईडिया बैंक’ स्थापना गर्ने योजनामा उवासंघसँग सहकार्य गरिने उनको भनाइ छ । ‘यी ३ विषय लगायत अन्य धेरै विषयमा सहकार्य गर्ने कुरामा एकमत भएका छौं । चितवनको चौतर्फी विकासका लागि हामी एक ठाउँमा छौँ’, उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























