चितवन विशेष

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान: सरसफाई र सचेतनाका कार्यक्रम गर्दै चितवन प्रहरी

Banner

चितवन, मंसिर २०–

जिल्ला प्रहरी कार्यालय चितवनले ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’ विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । लक्षित समुदायमा पुगेर लैंगिक हिंसा विरुद्ध सचेतनाका सन्देश दिनेदेखि सरसफाइका कार्यक्रम गर्दै आएको छ ।

अभियान अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालयको सभाहलमा लैंगिक हिंसाका पिडित र पिडकहरु गरी ३२ जनालाई सहभागी गराएर जनचेतना जगाउने काम गरिएको छ ।

त्यस्तै, विगतमा प्रहरी कार्यालयमा दिएका उजुरी, गुनासोका आधारमा प्रहरी कार्यालयबाट गरिएको छलफल, सहजीकरण र कार्यान्वयनबाट हाल उनीहरुको पारिवारिक सम्बन्ध के कस्तो रहेको छ फलोअप समेतका सम्बन्धमा डिएसपी विजयराज पण्डितले जानकारी गराएका थिए ।

सोमबार नै विभिन्न सामाजिक संघ संस्थासँगको सहकार्यमा प्रहरीले भरतपुर अस्पताल परिसरमा सरसफाई गरेको छ ।

अस्पतालका मेसु प्राडा कृष्ण प्रसाद पौडेलको प्रमुख अतिथ्यतामा चितवन प्रहरी, वे ग्रुप नेपाल भरतपुर, भरतपुर अस्पताल, सशस्त्र प्रहरी बल र स्थानीयहरु समेत गरी करिब ९० जनाको सहभातितामा सचेतनामूलक सरसफाई कार्यक्रम गरिएको डिएसपी पण्डितले बताए ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रहरी कार्यालयले जनप्रतिनिधि, विभिन्न संघसंस्था, समुदाय र विद्यालयमा पुगेर सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>