चितवन विशेष
राप्तीको लोथरबाट लागुऔषधसहित २ जना नियन्त्रणमा
०

चितवन, मंसिर ९–
पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित पूर्व–पश्चिम राजमार्गबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बाडा परेउवा–१ का २८ वर्षीय राहुल शर्मा र २९ वर्षीय अजित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मंसिर ७ गते विशेष सूचनाको आधारमा मकवानपुरबाट चितवनतर्फ आउँदै गरेको ना ५७ प २४६४ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा लागुऔषध डाईजेपाम ५४८ एमपुल, फेनारगन ५५० एमपुल र नोफिन ५५० एमपुल फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
लागुऔषध फेला परेपछि निजहरुलाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























