चितवन विशेष

भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु, मृतकको पहिचान खुलेन

Banner

चितवन, मंसिर ९–

भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान साढे २ बजेको समयमा भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर ५५ एक्स १४८२ नम्बरको भारतिय ट्रकले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भिर घाइते भएका व्यक्तिको उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको र अहिलेसम्म पहिचान हुन नसकेको उनले बताए । शवको पहिचान हुन नसकेपछि पहिचानका लागि प्रहरीले मृतकको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।

रातो ज्याकेट, खैरो टिसर्ट, कम्ब्याट रंगको सेन्डो, निलो जिन्स पाईन्ट लगाएको, उचाई ५ फिट ६ ईन्च हुलिया भएको व्यक्तिलाई चिन्ने जोकोहिले नजिकैको प्रहरी कार्यालय वा ९८५५५०९०१३३ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>