चितवन विशेष

चितवनमा कुन क्षेत्रमा कति मत खस्यो ?

Banner

चितवन, मंसिर ५–

चितवनका तीन वटै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ । आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा चितवन क्षेत्र नं १ मा ६८.७३ प्रतिशत मतदान भएको छ ।

कुल मतदाता १ लाख ३९ हजार ८४५ मध्ये यस क्षेत्रमा ९६ हजार १०९ जनाले मात्रै मतदान गरेका हुन् । चितवन १ अन्तर्गत पर्ने राप्तीमा २७ हजार २४०, खैरहनीमा ३० हजार ३८५ र रत्ननगरमा ३८ हजार ४८४ जनाले मतदान गरे ।

चितवन क्षेत्र नं २ मा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेकामा ८३ हजार ५९६ मतदाताले मात्रै मतदान गरेका हुन् ।

चितवन–३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिए । यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन् । त्यसमध्ये ९४ हजार ३७५ जनाले मात्रै मतदान गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>