चितवन विशेष
चितवनमा मतगणना : सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने तयारी
०

चितवन, मंसिर ५–
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदान आइतबार सकिए पश्चात सबै मतमेटिका सम्बन्धित क्षेत्रको मतगणना स्थलमा पु¥याइएको छ । आइतबार राति नै मतमेटिका मतगणना स्थलमा पुगेपनि मतगणना भने आजबाट मात्रै हुने भएको छ ।
सर्वदलीय बैठक बसालेर मतगणना सुरु गर्ने निर्वाचन अधिकृतहरुको तयारी छ । चितवन क्षेत्र नं १ र २ मा आज बिहान ८ बजे सर्वदलीय बैठक बस्दै छ । चितवन क्षेत्र नं ३ मा भने बिहान ९ बजेको लागी सर्वदलीय बैठक बोलाइएको छ ।
चितवन १ को खैरहनी मावि, चितवन २ को चितवन उद्योग संघको प्रदर्शनी केन्द्र र चितवन ३ को मतगणना कृषि तथा वन विज्ञान विश्वविद्यालयको भवनमा हुँदै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























