चितवन विशेष

आम निर्वाचन : चितवनमा बढ्यो सुरक्षा चुनौती, उमेदवारका गाडीमा लगातार आक्रमण

Banner

चितवन, मंसिर १–
चुनाव हुन तीन दिन मात्रै बाँकी रहँदा चितवनमा सुरक्षा चुनौती बढ्दै गएको छ । उमेदवारले चुनावी प्रचारमा प्रयोग गर्ने गाडीमा लगातारजसो आक्रमण हुन थालेको छ । पछिल्लो एक हप्तामा तीन जना उमेदवारका गाडीमा आक्रमण भएको छ ।

तीन दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ का प्रतिनिधि सभा सदस्य उमेदवार रवि लामिछानेको प्रचारमा प्रयोग भएको गाडी तोडफोड भएको थियो । इच्छाकामना गाउँपालिकाको लेवाटार नजिक बा१४च ७६८४ नम्बरको जिपमा सत्ता गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका थिए ।

हिजो (बुधबार) राज्यमन्त्री समेत रहेका चितवन २ का उमेदवार उमेश श्रेष्ठले चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडी तोडफोड भएको छ । भरतपुर–१० पुरानो मेडिकल कलेज नजिकै पार्किङ गरिराखेको गाडीमा विप्लव समूहले ढुंगा प्रहार गर्दा गाडीको सिसा फुटेको थियो ।

आज बिहान पनि चितवन ३ (ख)का प्रदेश सभा सदस्य उमेदवार ठाकुर ढकालले चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडीमा आगजनीको प्रयास भएको छ । अपरिचित व्यक्तिले उक्त गाडीमा आगजनीको प्रयास गरेको ढकालले बताए । आगलागी हुने वित्तिकै मोटर चलाएर पानी हालेपछि ठूलो क्षति नभएको उनले बताए ।

हालसम्म तीन वटै घटनाका दोषीलाई चितवन प्रहरीले पक्राउ गर्न सकेको छैन । चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले तीन वटै घटनाको विषयमा अनुसन्धान भइरहेको भन्दै निर्वाचनका बेला सुरक्षा चुनौती थपिनु स्वभाविक भएको प्रतिक्रिया दिए । यद्यपी निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी पनि खटाइएको उनको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>