कालिका

सामाजिक अभियन्ता एवम राप्रपाका युवा नेता सागर लामिछाने एमाले प्रवेश

Banner

चितवन,कात्तिक ३०-

चुनावको दिन नजिकिदै जाँदा कालिका नगरपालिकामा समाजसेवी एवम् युवा नेता सागर लामिछाने एमाले गरेका छन् । कालिका नगरपालिकाको वडा नं. ६ स्थित खोलसिमल बजारमा आज आयोजना गरेको चुृनावी कोणसभामा लामिछाने एमाले पार्टी प्रवेश गरेका हुन । उनलाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णभक्त पोख्रेल र प्रदेश सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिलवालले खादा अविर लगाएर स्वागत गरे । राष्ट्र र राष्ट्रियताका लागि नेकपा एमाले पार्टी प्रवेश गरेको लामिछानेले प्रतिक्रिया दिए । केपी ओलीको भिजनलाई आफूले नजिकवाट नियाल्दै आएको र ओलीकै सपना पूरा गर्न नेकपा एमालेमा प्रवेश गरेको बताए ।

लामिछाने स्थानीय तहको निर्वाचनमा कालिका नगरपालिकाको वडा नं. ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीवाट अध्यक्ष पदका उम्मेदवार बनेका थिए । सो कार्यक्रममा बोल्दै नेकपा एमालेका चितवन क्षेत्र नं.२ का उम्मेदवार कृष्णभक्त पोखरेलले एमाले जनताको पार्टी भएकोले विकास र सम्वृद्धिको नेतृत्व एमालेबाहेकबाट सम्भव नभएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>