अन्तर्राष्ट्रिय

विश्व कप फुटबल प्रसारण गर्ने बाटो खुल्यो, अब ५ सय रुपैयाँ तिरेर मात्रै हेर्न पाइने

Banner

काठमाण्डौ, कात्तिक ३०– 

नेपालमा विश्व कप फुटबलको लाइभ प्रसारणसम्बन्धी विवाद तत्कालका लागि समाधान भएको छ ।

ग्राहकसँगबाट अतिरिक्त शुल्क लिएर विश्व कप प्रसारण गर्न नपाउने गरी यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज बुधवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले निरन्तरता नदिएपछि विवाद सकिएको हो ।

अदालतको यो निर्णयसँगै विश्व कप प्रसारणको एक्सक्लुसिभ अधिकार पाएको मिडिया हब प्रालिले केबल अपरेटर, डीटीएच, ओटीटीमार्फत निश्चित शुल्क लिएर विश्व कप फुटबल प्रसारण गर्ने बाटो खुलेको छ । मिडिया हबले नेपाली ग्राहकले थप पाँच सय रुपैयाँ तिरेर फुटबलको लाइभ हेर्न पाउने निर्णय गरिसकेको छ ।

विश्व कपलाई नै लक्षित गरेर मिडिया हबले प्रत्यक्ष प्रसारणको अधिकार नयाँ च्यानल हिमालय प्रिमियम एचडीलाई दिइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>