चितवन विशेष

मापसे गरेका व्यक्तिले अराजक गतिविधि गरे, घरदैलो कार्यक्रम भाँड्ने काम भयो : गठबन्धन

Banner

चितवन, कात्तिक २८–

सत्ता गठबन्धन चितवनले इच्छाकामनामा आइतबार मादक पदार्थ सेवन गरेका व्यक्तिले आफ्नो नेता कार्यकर्तामाथि गाली गलौज गरेर अराजक गतिविधि गरेको आरोप लगाएको छ । गठबन्धनले एक विज्ञप्ति जारी गरी निर्वाचन नजिकिँदै गर्दा दल वा उमेदवार विशेषको नाम लिएर अराजक गतिविधि गर्नु अराजनीतिक प्रवृक्ति भएको बताएको छ ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारी र नेकपा (एकिकृत समाजवादी) चितवनका उपाध्यक्ष अरुणपिडीत भण्डारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा मत माग्दै गर्दा आचारसंहिता विरुद्ध कुनै व्यक्तिको मानमर्यादामा हनन् हुनेगरी प्रचारप्रसार नगर्न सबै पक्षलाई आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>