चितवन विशेष

चुनावी प्रचारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न स्वतन्त्र पार्टीको माग

Banner

चितवन, कात्तिक २८–
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले आइतबार चुनावी प्रचारप्रसारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । घरदैलो कार्यक्रममाथि सुनियोजित ढंगले प्रहरी प्रशाासनकै अगाडि भएको सांघातिक आक्रमणको स्वतन्त्र पार्टीले भत्सर्ना गरेको छ ।

‘यस्ता दुःखद घटना दोहोरिन नदिन प्रहरी प्रशासन सजग बनोस् र उक्त घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही होस् भनि जोडदार माग गर्दछौँ’, स्वतन्त्र पार्टी चितवनका सचिव कृष्णप्रसाद भुसालले जारी गरेके विज्ञप्तिमा भनिएको छ ।

घरदैलोका क्रममा आइतबार इच्छाकामना गाउँपालिकाको लेवाटारमा स्वतन्त्र पार्टीको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>