चितवन विशेष

चुनावी सभालाई सम्बोधन गर्न ओली आज चितवन आउँदै, २५ हजार भन्दाबढी सहभागी हुने

Banner

चितवन, कात्तिक २८–

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् । गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावी सभामा जिल्लाभरबाट २५ हजार भन्दा बढी जनता सहभागी हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । भरतपुरका तीन ठाउँमा जम्मा भएर कार्यक्रम स्थलको लागि र्‍याली निस्कने उनले बताए । उनका अनुसार केन्द्रिय बसपार्क चोक, मालपोत चोक र चौविसकोठीबाट र्‍याली निस्कने छ ।

एमाले अध्यक्ष ओली आज साढे ११ बजे कार्यक्रम स्थलमा आइपुग्ने उनले जानकारी दिए । आज नै अन्य जिल्लामा समेत कार्यक्रम तय भएकाले दिउँसो १ बजेसम्म ओलीले आफ्नो सम्बोधन सकिसक्ने छन् । आम सभालाई व्यवस्थित बनाउन नेकपा एमाले चितवन, निर्वाचन परिचालन कमिटी बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>