इच्छकामना

मापसे गरेका रविका कार्यकर्ता अराजक बनेपछि प्रतिकार गर्‍यौंः जितनारायण श्रेष्ठ

Banner

चितवन,कात्तिक २७-

नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गठबन्धनका उम्मेदवार र कार्यकर्तालाई दुव्र्यवहार गरेको आरोप लगाएका छन् । उनले सञ्चारकर्मीसंग कुरा गर्दै आइतबार चितवनको इच्छाकामनामा भएको घटनामा आफूहरु दोषि नरहेको भन्दै स्वतन्त्र पार्टीका कार्यकर्ताका कारण घटना भएको बताएका हुन् ।

उनले भनेका छन्,‘हामी चुनावी अभियानका क्रममा हिडिरहेका थियौं । रवि लामिछाने हाँस्दै हात हल्लाएर जानु भो । पछाडि रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गठबन्धनका नेता कार्यकर्तालाई दुव्र्यवहार गरे । किन यस्तो गरेको भन्दा धकेलाधकेल भयो ।’ उनले सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले मादक पदार्थ सेवन (मापसे) गरेको समेत आरोप लगाएका छन् । उनले मापसे गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई लोप्पा खुवाएको समेत बताएका छन् । उनिहरु अराजक बनेका कारण गठबन्धनका कार्यकर्ताले प्रतिकार गरेको उनको भनाई छ ।

गठबन्धन बिरुद्ध हुलहुज्जत गरेका कारण घटना भएको भन्दै उनले रवि लामिछानेले आफू बिरुद्ध आक्रमण भयो भनेर गलत प्रचार गरेको बताए । उनले आफूहरुले लडेर ल्याएको लोकतन्त्रमा रवि लामिछाने बोल्न र चुनाव लड्न पाएको जिकिर गरे । आज दिउसो चितवनको इच्छाकामनामा प्रचारप्रसारमा हिडेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता चढेको गाडी गठबन्धनका कार्यकर्ताले तोडफोड गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>