चितवन विशेष

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यकः नारायणकाजी श्रेष्ठ

Banner

चितवन,कात्तिक २५-

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । चितवनको माडीमा भएको लोकतान्त्रिक–बाम गठबन्धनका अगुवा नेता कार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इतिहाँसको विभिन्न कालखण्डमा दलहरूविच एकता गरिएको उल्लेख गर्दै अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताउनुभयो । उहाँले देशमा दुई खालका गठबन्धन प्रतिगमन र अग्रगमन विचको लडाइँमा अग्रगामीहरुले विजयी हासिल गर्नुपर्ने धारणा राख्नुभयो । संविधान र लोकतन्त्रको रक्षासँगै विकास र संमृद्धिका लागि गठबन्धनमा केन्द्रिकृत हुन उहाँले पार्टी नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

“राजनीतिक रूपमा हामी अगाडि बढेका छौं, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो,“प्राप्त उपलब्धि रक्षा गर्नुपर्ने छ, सँगसँगै संक्रमणकालीन न्याय निरूपण पुरा गर्नुछ, त्यसका लागि पनि हामी एकिकृत हुनुपर्छ ।” हिजोको संघर्षरत पक्ष र शान्ति प्रक्रियाको पक्षविचको एकता अर्थपूर्ण समेत रहेको उहाँको भनाई छ ।

जनताको आवश्यकता पुरा गर्न एकिकृत हुने विषय प्राकृतिक गठबन्धन नै भएको उहाँको दाबी छ । तत्कालीन समयमा शान्ति प्रक्रियादेखि नै गठबन्धन भएको स्मरण गराउदै उहाँले स्थायी सरकार निर्माण गर्न गठबन्धनका दलहरू एकतामा जोडिनुपर्ने उहाँको तर्क छ । प्रशिक्षण कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेता नारदमणि पौडेल, नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य सुर्य सुवेदी, नारायण दाहाल, नेपाली कांग्रेस क्षेत्रीय सभापति लालबहादुर दवाडी, माडी नगर सभापति कोमलनाथ भुषाल, नेकपा माओवादी केन्द्र माडी नगर अध्यक्ष प्रभु महत्तो लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>