खैरहनी

कृष्णलालको संयोजकत्वमा १५१ सदस्यीय खिचरा महोत्सव मुल आयोजक समिति गठन

Banner

चितवन, कात्तिक २५–

कृष्णलाल चौधरीको संयोजकत्वमा १५१ सदस्यीय खिचरा महोत्सव मुल आयोजक समिति गठन गरिएको छ ।

शुक्रबार बसेको बृहत बैठकले महोत्सवलाई भव्य बनाउन मुल आयोजक समिति गठन गरेको हो । अर्को बस्ने बैठकले विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ का सचिव दिपनारायण राउतले जानकारी दिए । ‘आजको बैठकले खिचरा महोत्सवलाई भव्य बनाउन कृष्णलाल चौधरीको संयोजकत्वमा कमिटी गठन गर्ने निर्णय गरिएको छ, सबैलाई समेट्दै महोत्सवलाई भव्य र व्यवस्थित बनाइने छ’–सचिव राउतले भने ।

यसअघि कार्यसमितिको बैठकले पुस २९ गतेदेखि माघ ९ गतेसम्म खिचरा महोत्सव आयोजना गर्ने निर्णय गरिसकेको छ । आजको बैठकमा सहभागिहरुले आठौं खिचरा महोत्सवलाई भव्य बनाउन विभिन्न खालका सुझावहरु दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>