चितवन विशेष

चितवन-३ का उम्मेदवार डा.भोजराज अधिकारीलाई माडीको हनुमानझुलामा स्वागत

Banner

चितवन,कात्तिक २५-

गठबन्धनका उम्मेदवारहरूलाई बादरझुला (हनुमानझुला) बासीले स्वागत गरेका छन् । प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवार डा. भोजराज अधिकारी र प्रदेशसभा ३(२) का उम्मेदवार ठाकुर प्रसाद ढकालसहित गठबन्धनलाई स्थानीयले स्वागत गरेका हुन् । विहानदेखि पर्खिरहेका स्थानीयले फुल, माला, अबिरसहित स्वागत गरेका थिए ।

बादरझुलाबासीको स्वागतबाट थप उर्जा मिलेको उम्मेदवार डा. भोजराज अधिकारीले बताए । यहाँको विश्वासलाई उर्जामा बदल्ने उनको भनाई छ । जनतासँग अस्पतालको आफ्नो योजना उल्लेख गर्दै उनले स्वास्थसँगै यहाँको शिक्षालाई पनि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरी ३(२) प्रदेशसभाका उम्मेदवार ठाकुर ढकालले बादरझुलाको सपना आफुले पुरा गर्ने बताए । चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको आवश्यकता र चाहाना आफुले नजिकबाट बुझेको बताए । बादरझुला (हनुमानझुला) का विभिन्न ४ स्थानमा लोकतान्त्रिक–बाम गठबन्धनको चुनावी कोणसभा भएको थियोे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>