Breaking News
गठबन्धन दलसँग आ–आफ्नै घोषणापत्र छ र सरकार बन्दा कसको कार्यान्वयन हुन्छ: ओली
०

काठमाडौँ, कात्तिक २१-
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलसँग आ–आफ्नै घोषणापत्र छ र सरकार बने कसको कार्यान्वयन गर्ने प्रश्न उठाउनु भएको छ ।
आज बाग्लुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धन मिलेर निर्वाचनमा होमिए पनि आ–आफ्नै घोषणापत्र छ। उनीहरूले सरकार बनाउँदा कसको घोषणापत्र कार्यान्वयन गर्छन् ?’, ओलीले प्रश्न गरे, ‘गठबन्धन दलहरूसँग नीति, सिद्धान्त र कार्यक्रम छैनन्। जनता अल्मलाउने, सरकार कब्जा गर्ने। कब्जा गरेपछि जनतातर्फ नहेर्ने।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले जेष्ठ नागरिक र महिलाहरूलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने नीति एमालेले लिएका कारण मुलुकमा यसैको सरकार आवश्यक भएको दाबी गरे। उनले एमाले नेतृत्वको सरकार बने पूर्व–पश्चिम राजमार्गको स्तर उन्नति हुने बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























