खेलकुद
साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलः आज नेपाल बंगलादेशसँग खेल्दै
०

काठमाडौँ, कात्तिक १९
साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शनिबार आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशमा जारी प्रतियोगिताको दोस्रो खेलमा आयोजकलाई प्रतिस्पर्धी पाएको हो । ढाकामा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ मा सुरु हुनेछ ।
बलियो टोली बंगलादेशसँग जित निकाल्दै नेपाल उपाधिमा आफूलाई बलियो सावित गर्ने योजनामा छ । नेपाल आज लगातार दोस्रो जितको खोजिमा हुनेछ । नेपालले बिहीबार भएको पहिलो खेलमा भुटानलाई ८–० गोलले हराएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























