चितवन विशेष

चितवनका दुई स्थानमा बिहीबार नमुना मतदान, आज माडीमा हुँदै

Banner

चितवन, कात्तिक १८–

चितवनका दुई स्थानमा बिहीबार नमुना मतदान गरिएको छ । सहि मतदान गर्ने तरिकाबारे सिकाउन राप्ती नगरपालिका र भरतपुर महानगरपालिकामा नमुना मतदान गरिएको छ । नमुना मतदानमा स्थानीय तहका मेयर र उपमेयरसहित निर्वाचित जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणले मतदान गरेका थिए ।

भरतपुर महानगरपालिकामा भएको नमुना मतदान कार्यक्रममा प्रत्यक्षतर्फ २९ जनाले मतदान गर्दा ८ मत बदर भएको छ । राप्तीमा करिब २०० जनाले मतदान गरेको निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । आज माडीमा नमुना मतदान हुँदै छ । मतदाता शिक्षा कार्यक्रम अन्तर्गत जिल्लाका सात वटै पालिकामा नमुना मतदान हुँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>